काठमाडौं १० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ काम गरेको भए नेकपा एमालेका अध्यक्ष पार्टी विहिन हुने बताएका छन् ।
चितवनको माडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पोलिटिकल्ली र संगठनात्मक रुपमा आफुहरुले जितेको बताएका छन् ।
कानुनका नौसिङ भनेजस्तै अदालतबाट र निर्वाचन न आयोगबाट सनाखत नगदिरिएको हुनाले बडो षड्यन्त्रमूलक र अपादर्शी तरिकाले हामीलाई दुई ठाउँमा बनाइएको मात्र हो बताएका उनले भने ,’निर्वाचन आयोगले तदारुकताका साथ तुरुन्त सनाखत गरिदिएको भए आज एमाले भन्ने पार्टी रहने थिएन, सूर्य चिह्न रहने थिएन, केपी ओली पार्टीविहीन हुने थिए ।’
तत्कालिन नेकपामा ७० प्रतिशत आफुहरुको साथमा रहेको दावी गरेका त्यति बेला उनले आयोगले तदारुकताका सनाखत गरिदिएको भए ओली पार्टी विहिन हुने बताएका हुन् ।