काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।शर्मालाई अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टी प्रबेश गराएका छन् ।
नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष रहेका शर्माले पार्टीबाट असन्तुष्ट भएपछि दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।
महरा जतिपटक मन्त्री बने त्यति नै पटक नै महराको स्वकिय सचिबब बनेका थिए । प्रमोद शर्माको पूरै परिवार माओवादी आन्दोलनमा थियो । पुरानो घर रुकुम भए पनि उनका बुवा हरिप्रसाद शर्मा दाङको घोराहीमा बसाइँ सरेर आएका थिए । बुवा हरिप्रसाद माओवादी सरकारको पालामा गुठी संस्थानको अध्यक्ष नियुक्त भएका थिए ।