काठमाडौं १० चैत । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ ।
बुधबारबाट सुरु भएको बैठक आज दोस्रो दिन पनि बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो । आजको बैठकमा स्थानीय तह निवार्चनको विषयमा केन्द्रित हुने बताइएको छ ।
बुधबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने साते प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।