काठमाडौं १० चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण उडान प्रभावित बनेको छ । आज बिहिबार बिहानैबाट राडारमा आएको खराबीका कारण आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेको हो ।
यति बेला सम्म पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तिन उडान रद्द भइसकेका छन् । अन्य पनि डिले हुने भएको छ । प्रणालीमा आएको खरावी कारण विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली भने बनाएको छ ।
उडान प्रभावित हुने भएपनि वायुसेवा कम्पनीहरूले यात्रुलाई फोन गरेर मात्र निर्धारित समयमा विमानस्थल आउन आग्रह गरेको छ । यति एयरलाइन्सले ०१-५९७००७४ मा फोन गर्न समेत आग्रह गरेको छ ।
त्यसैगरी,बुद्ध एयरले उडान सम्बन्धी सबै जानकारी आफ्नो एपमार्फत गराएको छ ।