धनगढी १० चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले गठवन्धन गरेरै चुनावमा जाने सम्झौता भएको खुलासा गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले गठबन्धनसहित चुनावमा जाने आफुहरुको सम्झौता भएको बताएकी छन् ।
धनगढीमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आरजुले भनिन् ,’गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको छ ।’
कांग्रेस एक्लै चुनावमा जाने परिस्थिति त्यति सजिलो नभएको बताएकी उनले अन्तिमपटक भएको चुनावबाट आएको जनादेशले मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको स्पष्ट पारेकी छन् ।
साथै, उनले प्रतिनिधि सभाको निर्वाचनमा पुनः कैलाली क्षेत्रनम्बर ५ बाटै उम्मेदवारी दिने पनि जानकारी गराएकी छन् ।