कोरोनाको चपेटामा परेका देशहरुलाई अहिले चाईनाले लगातार सहयोग गरिरहेको छ । त्यस्तै चिनले नेपाललाई पनि सहयोगको घोषणा गरेको छ ।
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बेइजिङ स्थित नेपाली दूतावासले जनाएको। चिनले नेपालका लागि २० हजार थान अक्सिजन सिलिण्डर सहयोग गरेको जनाएको छ ।
पहिलो चरणमा वायु सेवा निगमको विमान आज नेपाल आइपुग्ने बताइएको छ । चीनले नेपाललाई चरण चरणमा सहयोग गर्ने जनाएको छ । पहिलो चरणमा चार सय थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल आइपुग्ने छ।