धनगढी २५ जेठ । सुदूरपश्चिम प्रदेश सभाको बैठक केह बेर अघि मात्र सुरु भएको छ । बैठकमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले,विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री भट्टलाई माओवादी एमालको मधव नेपाल समुह तथा कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।
पार्टी अध्यक्ष केपी ओली पक्षका ७ जनाले भने विपक्षमा मत हाल्ने भएका छन् । बैठकमा यही बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन् ।