घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज बंगलादेशले आफ्नो पक्षमा पारेको छ ।बुधबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा दक्षिण अफ्रीकालाई ९ विकेटले हराउँदै बंगलादेशले सिरिज २-१ ले जितेको हो ।यससँगै बंगलादेशले पहिलो पटक दक्षिण अफ्रीकामा एकदिवसीय सिरिज जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
दक्षिण अफ्रीकाले दिएको १ सय ५५ रनको लक्ष्य बंगलादेशले २६ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।बंगलादेशको जितमा तमिम इकबालले ८७ रनको अर्धशतकीय इनिङ खेले ।लिटोन दास ४८ रनमा आउट हुँदा शकिब अल हसन १८ रनमा अविजित रहे । दक्षिण अफ्रीकाका केशव महाराजले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ३७ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोडेको थियो ।दक्षिण अफ्रीकाका लागि जानेमन मालनले ३९ रन जोडे । केशव महाराजले २८ तथा ड्वाने प्रेटोरिउसले २० रन बनाए।बंगलादेशका तास्किन अहमेदले ५ विकेट लिए । शकिब अल हसनले २ विकेट लिए ।