मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा परेको रिट न्यायाधीश खतिवडाको बेञ्चमा सुनुवाई हुँदै — OSNepal

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा परेको रिट न्यायाधीश खतिवडाको बेञ्चमा सुनुवाई हुँदै

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । काम चलाउन सरकारले गरेको मन्त्रिपरिषद्को विस्तार संविधान विपरित भएकोभन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । उक्त रिट न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा परेको छ ।

प्रधामन्त्री केपी ओलीले सरकार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका ८ जनालाई मन्त्री बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद विस्तारविरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर