बौद्धमा फेला परेको बोरो भित्र मानिसको एउटा मात्र खुट्टा — OSNepal

बौद्धमा फेला परेको बोरो भित्र मानिसको एउटा मात्र खुट्टा

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । आज बिहान बौद्धमा बोरो भित्र शव फेला परेको भनिएको मा उक्त बोरा भित्र एक वयस्क मानिसको एउटा खुट्टा मात्र फेला परेको छ । बिहान स्थानीयले बोराभित्र मानिसको खुट्टा देखे लगत्तै शव फेला परेको भनी प्रहरीलाई खवर गरेका थिए ।

सुचना आएलगत्तै प्रहरी घटानास्थल पुगेर बोरो खोलेर हेर्दा एउटा खुट्टाको घुडाभन्दा तलको भाग मात्र रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुशन्धान अनुसार घटना केहि दिनको हुन सक्ने अनुमान गरेको छ ।

घटनास्थल पुगेका काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले बताएअनुसार घटना अन्त गराएर यहाँ फालिएको हुन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर