काठमाडौं ९ चैत । गएराति कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । तोड फोड अदालतको ६ नम्बर इजलासमा भएको बताइएको छ । अदालत परिसरमा २४ घण्टा प्रहरी सुरक्षा र अदालत अगाडि डीएसपीको कमान्डमा वडा प्रहरी कार्यालय रहेपनि कसरी अदालतमा तोडफोड भएको विषयमा प्रहरीले छानविन सुरु गरेको छ ।
उक्त ६ नम्बर इजलासमा सिसिटीभी नभएको पाइएको छ भने उक्त फाँटमा ३५३ मुद्दाहरू रहेका छन् । साथै थप प्रमाण मिसिलसहित उक्त फाँटमा ५०० जति मुद्दाहरू भएको भएपनि थप प्रमाण मिसिलसहित प्रमाणबारे छानबिन गर्न बाँकी रहेको अदालतले जनाएको छ ।
आज बुधबार कार्यालय सफा गर्ने क्रममा मात्र अदालत तोडफोड भएको जानकारी भएको हो । २ तला माथि रहेको ६ नम्बर इजलाशमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेर दराजबाट मिसिल भएको फाइलहरु छानेको अवस्थामा रहेको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताएका छन् ।
कागजपत्रहरु आफ्नो ठाउँमा नभएको उनले बताएका छन् ।