बलिउड अभिनेत्री करिना कपुरले चलचित्र ‘सीता’ का महंगो पारिश्रमिक मागेपछि हंगामा — OSNepal

बलिउड अभिनेत्री करिना कपुरले चलचित्र ‘सीता’ का महंगो पारिश्रमिक मागेपछि हंगामा

LC (KTM) June 09, 2021 0

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले चलचित्र ‘सीता’ का लागि भने १२ करोड पारिश्रमिक मागेकी छन् । चलचित्रको कथा पढेपछि उत्साहित भएकी उनले ‘रामायण’ की सीताको जीवनसँग प्रभावित करिनाका लागि यो भूमिका विशेष छ । यसैले पनि करिअर अझै पनि उचाइ रहेकी दुई सन्तानकी आमा करिनाको माग बलिउड उस्तै छ । अहिले पनि उनी निर्माताको पहिलो रोजाइमा पर्छिन् । उनले दर्जनौं चर्चित चलचित्रमा काम गरिसकेकी छन् । दोस्रो सन्तानलाई जन्म दिएपछि अभिनेत्री करिना अब ‘विरे दि विडिङ’ र हन्सल मेहत्ताको चलचित्रमा काम गर्ने तयारीमा जुटेकी छन् । यसैबीच करिनालाई चलचित्र ‘सीता’ मा काम गर्ने अफर आएको हो ।

यस चलचित्रका लागि उनले ८ देखि १० महिनाको समय छुट्याउनुपर्छ । साथै यो चलचित्रको कथाले आफूलाई तानेको करिनाले जिकिर गरेकी छन् । उनले यो चलचित्रमा काम गर्नका लागि महँगो रकम मागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हुनत् उनले प्रायः चलचित्रबाट ६ देखि ८ करोड रुपैयाँ पारिश्रमिक लिँदै आएकी थिइन् । तर यस चलचित्रमा अभिनेत्री करिनाले १२ करोड पारिश्रमिक मागेको खबर बाहिरिएको छ । उनले महँगो पारिश्रमिक माग गरेपछि निर्माण पक्षले निर्णय दिन सकेको छैन । सौर्य दैनिकमा खबर छ । उनीहरुको पहिलो रोजाइ करिना भए पनि यस भूमिकाका लागि अन्य अभिनेत्रीसँग कुराकानी गरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, करिनाले महँगो पारिश्रमिक मागेपछि निर्माता समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर