काठमाडौं ९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबिच भ्रातृ संस्था र चुनावी तालमेलबारे विषयमा छलफल भएको छ ।
कांग्रेस नेता काइरालाले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइको विषयमा ध्यानाकषर्ण गराएका छन् ।
देउवाले भने यस विषयमा सबैलाई समेटेर छिट्टै भ्रातृ संस्थाहरूको तदर्थ समिति ल्याउने बताएका छन् ।लामो समय पछि दुई नेता बचि भएको संवादमा कोइरालाले कांग्रेसले एकलै चुनाव अथवा तालमेलबारे निर्णय लिन स्थानीय समितिलाई नै अधिकार दिनुपर्ने बताएका छन् ।
गएको मंसिरमा सम्पन्न भएको महाधिवेशनमा सभापति पदमा पराजित भएका कोइराला र देउवाको यो महाधिवेशन पछि पहिलो भेट हो ।
शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको सन्दर्भमा शेखर आफैंले देउवालाई टेलिफोन गरी समसामयिक विषयमा छलफल गरेका हुन् ।