काठमाडौं ९ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वानचको लागि तालमेल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठवन्धन दल जनता समाजवादी पार्टी जसपा बिच छलफल भएको छ ।
एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबिच भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा दुई दलका नेताहरु बिच मिलेर आगामी निर्वाचन तालमेल गर्नेबारे छलफल भएको हो ।
यस विषयमा एमाले उपमहासचिव गुरुङ सकारकात्मक देखिएका छन् । नेता भट्टराईलले पनि एमाले र जसपा मिलेर जानुपर्ने बताएका छन् ।
ओली सरकार हटाउन साथ दिएको जसपा अब सत्ता गठवन्धनलाई छाडेर एमालेले तिर जान तयारी गरिरहेको छ ।