कोरोना संक्रमणबाट पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन — OSNepal

कोरोना संक्रमणबाट पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन

LC (KTM) June 08, 2021 0

ताप्लेजुङ, २५ जेठ – पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुग्नुभएका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो । बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहनुभएको थियो । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहनुभएका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बन्नुभएको थियो । झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क जानुभएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर