प्रधानन्यायाधीश जबरा बिरामी भएपछि सुनुवाइ स्थगित ? के भएको हो प्रधानन्यायाधीश जबरालाई ? — OSNepal

प्रधानन्यायाधीश जबरा बिरामी भएपछि सुनुवाइ स्थगित ? के भएको हो प्रधानन्यायाधीश जबरालाई ?

LC (KTM) June 08, 2021 0

विराटनगर, जेठ २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलासको सुनुवाइ स्थगित भएको छ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ भइरहेको इजलास स्थगित गरिएको हो । इजलासमा न्यायाधीशका प्रतिनिधित्वलाई लिएर इजलाससमेत विवादित बनिरहेको अवस्थामा सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाइ बुधबारका लागि तोकिएको छ ।

“प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था ठीक नभएकाले आजको इजलास स्थगित भयो । बुधबारका लागि अर्को सुनुवाइ तोकिएको छ”, सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।गोरखापत्र दैनिकमा खबर छ ।

आइतबार प्रधानन्यायाधीश जबराले वरिष्ठ न्यायाधीश सम्मिलित गरेर इजलास पुनर्गठन गरेका थिए तर पुनर्गठित इजलासमा सम्मिलित न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई इजलासमा राखिएको भन्दै सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

यसैबीच कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु संविधानविपरीत रहेको भन्दै सर्वोच्चमा ६ वटा रिट दर्ता भएका छन् । सबै रिटको प्रारम्भिक सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर