नेपालद्वारा पपुवा न्यूगिनी सात विकेटले पराजित — OSNepal

नेपालद्वारा पपुवा न्यूगिनी सात विकेटले पराजित

LC (KTM) March 22, 2022 0

काठमाडौँ, ८ चैत-आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गरेको हो । खेलमा १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आरिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । उनले १०२ बल खेल्दै चार चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ४४ रन जोडे ।

बलिङतर्फ पपुवा न्यूगिनीका चाल्र्स अमिनीले दुई र काबुआ मोरेले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन जोडेको थियो । उसका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे भने लेगा सियाकाले २० तथा सेसे वाउले १९ रन जोडे ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई÷दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा पपुवा न्यूगिनीलाई दुई विकेटले हराएको थियो । यस्तै युएई विरुद्धको पहिलो र तेस्रो खेलमा नेपाल क्रमश ः ४८ रन र ९९ रनले पराजित भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर