विश्वासको मत लिनु अगावै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको सरकार जोगियो — OSNepal

विश्वासको मत लिनु अगावै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको सरकार जोगियो

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउने भएका छन् । माओवादी केन्द्रका मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधव नेपाल समुहले साथ दिने भएपछि विश्वासको मत पाउने पक्का भएको हो ।

सुदुरपश्चिमा प्रदेशमा ५२ सदस्य रहेको मध्ये २५ जना नेकपा एमालेको मात्रै छ जसमा पार्टी अध्यक्ष केपी ओली पक्षमा ६ जना मात्रै देखिएको छ । माओवादीको तर्फबाट १३ जना प्रदेशसभा सदस्य रहेका छन् । भने कांग्रेसको तर्फबाट १२ जना सदस्य रहेका छन् । तथापी, कांग्रेसले भने विश्वासको मत दिने या नदिने भन्ने विषयमा आफ्नो निणर्य सार्वजनिक गरेको छैन ।

तर, पनि एमाले र माओवादीले मात्र विश्वासको मत दिएपनि भट्टको सरकार जोगिने निश्चित रहेका छ । वर्तमान सरकार टिकाउन २७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर