काठमाडौ ८ चैत । अमेरिकी सहयोग अन्तर्गत सब– स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली एमसीए नेपाल कार्यालयले सुचना सार्वजनिक गरेको छ ।
अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भन्दै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले आज सूचना सार्वजनिक गरेको हो ।
अधिग्रहण गरिएका जग्गामा सब–स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको भन्दै उक्त स्थानमा रहेको घर जग्गा खाली गर्न ३५ पदनको समय दिएर सुचना निकालिएको हो ।
सार्वजनिक गरिएको सुचनामा भनिएको छ, ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ । ‘