भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल नेपालले एकदमै खराब खेल प्रर्दशन गरिरहेको छ । यसैक्रममा आज भएको खेलमा नेपाल आयोजक भारतविरुद्ध पुनः पराजित भएको छ । जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले पराजित गर्यो । भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोलको योगदान दिएका थिए ।
नेपालका लागि सन्दीपा भोलानले एक गोल फर्काएकी थिईन् । हेमामले १६ औं मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाईन् । लिन्डाले २३ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाईन् । लिन्डाले ३८ औं मिनेटमा अर्को गोल थपिन् । ५६ औं मिनेटमा अनिता कुमारीले भारतका लागि चौथों गोल गर्दा लिन्डाले ६२ औं मिनेटमा ह्याट्रिक पुरा गरेकि थिईन् ।
नेपालका लागि सान्त्वना गाmे सन्दीपा भोलानले ७९ औं मिनेटमा गरेकि थिईन् । पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो । पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ ।