विश्वकप फुटबल छनोटमा नेपाललाई खाता खोल्ने मौका नै दिएन जोर्डनले, नेपाल ३–० गोल अन्तरले पराजित — OSNepal

विश्वकप फुटबल छनोटमा नेपाललाई खाता खोल्ने मौका नै दिएन जोर्डनले, नेपाल ३–० गोल अन्तरले पराजित

LC (KTM) June 08, 2021 0

काठमाडौं । विश्वकप तथा एसियन कप फुटबलमा नेपाललाई कडा झड्का लागेको छ । गएराती सम्पन्न खेलमा नेपाल जोर्डनसँग खाता नै खोल्न नपाई पराजित भएको हो ।

कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गर्दै नेपाललाई खाता नै खोल्ने अवसर नदिई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनलाई जिताउनका लागि बाहा फैजलले दुई गोल गरे भने यजान अल अरबले तेस्रो गोल गरेका हुन् ।

सुरुदेखि नै नेपाललाई दबाबमा राखेको जोर्डनका अगाडी कैयौँ अवसरहरु पाउँदा पनि नेपालले मौका गुमायो । नेपालले मध्यान्तरपछिको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्ने आकर्षक अवसर पाउँदा समेत सदुपयोग गर्न नसक्दा नेपालले हालसम्म ७ खेलबाट दुई जितका साथ ६ अंक मात्र हासिल गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर