कोरोना महामारीका बिच केमिकल कारखानामा आ गलागी , १८ मजदुरको मृ त्यु — OSNepal

कोरोना महामारीका बिच केमिकल कारखानामा आ गलागी , १८ मजदुरको मृ त्यु

LC (KTM) June 08, 2021 0

एजेन्सी । भारतमा केमिकल कारखानामा आ गलागी भएको छ । आगलागीमा परी १८ मजदुरको मृ त्यु भएको भारतिय मिडियाले जनाएका छन् । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको उक्त केमिकल कारखानामा हिजो बेलुकी भएको आ गला गी भएको थियो ।

आ गलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ ।आ गलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेको बताइएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन । हरा एका मजदुरहरुको खोजी भइरहेको बताइएको छ ।

यो पनि : बङ्गलादेशमा लगाइएको देशव्यापी लकडाउनको समयावधि फेरि थप- कोरोनाभाइरसको म हामारी नियन्त्रणमा नआएकाले बङ्लादेशमा लगाइएको लकडाउनको समयावधि फेरि थप गरिएको छ ।देशव्यापी लकडाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

लकडाउनलाई अझै कडा बनाउदै लगिने पनि उनीहरुले बताएका छन् । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनु परेको उनीहरुको भनाइ छ । यसअघि लागु गरिएको लकडाउन आज सोमबार सकिने भएकाले भोलि मंगलबारदेखि लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो ।बङ्लादेशमा कोरोना को महामारी फैलिएपछि लामो समयदेखि लकाडाउन जारी रहेको छ । यसअघि पनि लकडाउनको समयावधि पटक पटक थप गरिएको थियो ।

अहिले थप गरिएको लकडाउन आगामी जुन १६ को मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।लकडाउनको म्याद थप गर्ने बारेमा सरकारी अधिकारीहरुले सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गरेका थिए । उनीहरूको सुझाव र सिफारिसका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको समयावधि थप गरिएको अधिकारीहरुको भनाइ छ ।

बंलादेशमा अहिले जारी रहेको लकडाउन गत अप्रिल ५ देखि सुरु भएको हो । सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन घोषणा गरिएको थियो ।बंलादेशको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९७० जना नयाँ सङ्क्रमित थपिएका छन । सोही अवधिमा थप ३० जनाको कोरोनाका कारण मृ त्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

बंलादेशमा अहिलेसम्म कुल आठ लाख १२ हजार ९६० जना सङ्क्रमित भएका छन् भने कुल १२ हजार ८६९ जनाको कोरोना कै कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर