८८ वर्षीया कोरोना संक्रमित वृद्धालाई गाडीमा राखेर अस्पताल लैजादै गाउँपालिका प्रमुख राई — OSNepal

८८ वर्षीया कोरोना संक्रमित वृद्धालाई गाडीमा राखेर अस्पताल लैजादै गाउँपालिका प्रमुख राई

LC (KTM) June 07, 2021 0

कोरोना सङ्क्रमित याम्खाकी ८८ वर्षीया वृद्धालाई आफ्नो गाडीमा राखेर अस्थायी कोभिड अस्पताल लाने तयारी गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई । आफै गाडी चलाउने गाउँपालिका प्रमुख राईले पिपिइ पहिरिएर अस्थायी कोभिड अस्पताल पु¥याउने काम गर्दै आउनुभएको छ ।

होम डेलिभरी नरोक्न अन्तरिम आदेश:-सर्वोच्च अदालतले कोभिड –१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र डा कुमार चुँडालको इजलासले आज सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,“सामाजिक दूरी, मास्क, स्यानिटाइजर, पिपिइलगायतका साधनको प्रयोग गरी खरीदबिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू ।”बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरीदबिक्री तथा होम डेलिभरी प्रदान गर्नमा रोक लगाउन उपयुक्त नहुने आदेशमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर