तिहार सम्म ८० करोड जनतालाई निशुल्क खाद्यान्न दिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा — OSNepal

तिहार सम्म ८० करोड जनतालाई निशुल्क खाद्यान्न दिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

LC (KTM) June 07, 2021 0

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशबासीको नाममा संबोधन गरेका छन् । उनले आजको संबोधनमा महत्वपुर्ण घोषणा समेत गरेका छन् । कोरोना महामारीको चपेटामा परेका ८० करोड गरीब जनतालाई आगामी दिपावलीसम्मका लागि निशुल्क खाद्यान्न्न उपलब्ध गराउने घोषणा मोदीले गरेका छन् ।

उनले खोपको ब्यवस्था सम्बन्धि नयाँ घोषणा गरेका छन् । १८ बर्ष माथिका सवै नागरिकलाई निशुल्क खोपको ब्यवस्था गर्ने भन्दै मोदीले यही जुन २१ देखि १८ बर्षदेखि ४४ बर्ष उमेर समुहमा खोप लगाउन शुरु गरिने जानकारी दिए ।

आज साँझ गरेको सम्बोधनमा उनले बिश्वभर महामारीको रुपमा फैलिएको यस कोरोनाको लागि खोप तयार नपारे लाखौंले ज्यान गुमाउन सक्ने तर्फ सचेत गराए । भारतमा हाल सात प्रकारको खोप तयार भईरहेको भन्दै उनले आगामी दिनमा थप खोप र अन्य औषधी तयार हुने विश्वास ब्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर