निषेधाज्ञा गरेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो — OSNepal

निषेधाज्ञा गरेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

LC (KTM) June 07, 2021 0

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ सङ्क्रमित निको भएका छन् ।

आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर