नेपाली सिने जगतका चर्चित नायक तथा कलाकार धिरेन शाक्य सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुत नियुक्त भएका छन् । नायक शाक्य संगै महिला भलिबल टिमकी कप्तान अरुणा शाही पनि दुत नियुक्त भएकी हुन् । प्रतिष्ठानले आज प्रेस विज्ञप्ति निकाल्दै अरुणा र धिरेन सद्भावना दुत नियुक्त गरिएको जनाएको छ ।
फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन शाही र शाक्यलाई प्रतियोगिताको सद्भावना दुत नियुक्त गरिएको जनाएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल शाही र शाक्यको नियुक्तिले प्रतियोगितालाई सफल बनाउन थप सहयोग पुग्ने विश्वास लिइएको फाउन्डेसनले जनाएको छ ।
प्रतियोगिता यहि चैत २४ देखी २६ गतेसम्म आयोजना हुनेछ । नेपाल भलिबल संघसँगको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना हुने आयोजकले जनाएको छ ।