पहिलो खेलमा लजास्पद हार ब्यहोरेको नेपाल भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज बेलुका बंगलादेश संग प्रतिष्पर्धा गर्दैछ । भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई एकदमै कठिन रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक भारतसँग सात शुन्य गोल अन्तरको फराकिलो हार ब्यहोरेको थियो।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । यस्तै नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।