माओवादी केन्द्रले पठायो सातै प्रदेशमा कोरोनाको स्वास्थ्य सामग्री — OSNepal

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा कोरोनाको स्वास्थ्य सामग्री

LC (KTM) June 07, 2021 0

काठमाडौँ, २४ जेठ- नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार ) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिण्डर ४० लिटरको ३०, अक्सिजन सिलिण्डर १० लिटरको १० र पिपिई सेट ७०० विभिन्न स्रोतबाट प्राप्त गरेको थियो । ती स्वास्थ्य सामग्री सम्बन्धित प्रदेश इञ्चार्ज मार्फत पठाइएको सो पार्टीले जनाएको छ । यस्तै, सर्जिकल ग्लब्स ४५ र स्यानिटाइजर २०० रहेका छन् । ती स्वास्थ्य सामग्री पार्टीको प्रवास समन्वय समितिबाट प्राप्त भएका सामग्री हुन् ।

यस्तै, स्वास्थ्य विभागर संगठनबाट प्राप्त सर्जिकल मास्क आठ हजार २०० , पीपीइ गाउन ४०० लगायतका स्वास्थ्य सामग्री पठाइएको छ । सो अवसरमा अध्यक्ष दाहालले सहयोग उपलब्ध गराइदिने छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताप्रति पार्टीको तर्फबाट धन्यवाद दिनुभएको थियो । कोरोना महामारीको विषम परिस्थितीमा आम जनस्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान पु¥याउन गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले कोरोना सङ्क्रमित सबैको स्वास्थ्यको कामना समेत गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर