फिफा विश्वकप छनोटको दोस्रो चरणमा एसियाली पावर हाउस जापानको दमदार जित, अपराजित यात्रा कायमै , शिर्ष स्थानमा यथावत — OSNepal

फिफा विश्वकप छनोटको दोस्रो चरणमा एसियाली पावर हाउस जापानको दमदार जित, अपराजित यात्रा कायमै , शिर्ष स्थानमा यथावत

LC (KTM) June 07, 2021 0

एसियाली पावर हाउसको रुपमा चिनिएको जापानले फिफा विश्वकप तथा एसियन छनोटको दोस्रो चरणमा फेरी पनि जित निकालेको छ । उसले आफ्नो अपराजित यात्रालाई कायम नै राखेको छ । आज भएको खेलमा जापानले ताजिकिस्तानलाई एकका बिरुद्ध ४ गोलले पराजित गर्दै खेलमा लगातार सातौं जित निकालेको हो ।

जापानको लागि क्योगो फुरुहासी, ताकुमी मिनामिनो, केन्टो हासिमितो र हयाओ कवाबेले एक एक गोलको योगदान गरे । ताजिकिस्तानले भने सान्त्वना स्वरुप १ गोल फर्काएको थियो । ताजिकिस्तानका लागि एक्सोनी पाण्डजसान्बेले एक गोल फर्काएका थिए ।

जापान अहिले शिर्षस्थानमा रहेको छ । यस जितसँगै समूह एफको जापानले ७ खेलमा २१ अंक जोडेको छ । ताजिकिस्तान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर