आज पौने १० बजे नेपाल र जोर्डनबीच खेल हुदै , नेपालको खेल देखेर जोर्डनका प्रशिक्षक डराए — OSNepal

आज पौने १० बजे नेपाल र जोर्डनबीच खेल हुदै , नेपालको खेल देखेर जोर्डनका प्रशिक्षक डराए

LC (KTM) June 07, 2021 0

आज नेपाली फुटबल फ्यानहरु का लागि अर्काे महत्वपुर्ण दिन रहेको छ । आज फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । राती पौने १० बजे बाट नेपाल र जोर्डनबीचको खेल हुनेछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्दा जितको खोजीमा हुनेछ । पछिल्लो समय पुरै लयमा रहेको नेपाल पुर्ण आत्मबिश्वासका साथ मैदानमा उत्रनेछ । नेपालको पछिल्लो खेल देखेर जोर्डनका प्रशिक्षकले समेत खुलेर प्रशंशा गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन् । प्रि म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, हाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो । यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ ।

अघिल्लो खेलमा चाईनिज ताईपेलाई २ ० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर