काठमाडौँमा घट्दो छ कोरोनाको ग्राफ, सोमबार ७९० जनामा संक्रमण पुष्टि — OSNepal

काठमाडौँमा घट्दो छ कोरोनाको ग्राफ, सोमबार ७९० जनामा संक्रमण पुष्टि

LC (KTM) June 07, 2021 0

काठमाडौँ– काठमाडौँ उपत्यकामा मात्रै सोमबार १ हजार ११५ जनामा कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् । गत हप्तादेखि कोरोना संक्रमित भन्दा निको हुने दर बढीरहेका बेला सोमबार पनि संक्रमित भन्दा निको हुनेको संख्या ठूलो देखिएको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज कोरोनाबाट ९२ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर