४९ किलो गाँजासहित तिन जना पक्राउ — OSNepal

४९ किलो गाँजासहित तिन जना पक्राउ

LC (KTM) June 07, 2021 0

बारा २४ जेठ । लागुऔषध गाँजा सहित प्ररहीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले न उनीहरुलाई पक्राउ गरेको हो ।

बाराको महागढीमाई नगरपालिका–२ स्थित इनर्वा चोकबाट तेलकुवा जाँदै गरेको ना।२ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार चेकजाँच गर्दा ४९ किलो गाँजा सहित तिन जना प्ररहीको फन्दामा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर