पार्टी एकताको प्रयासलार्ई आत्मसमर्पणको रुपमा व्याख्या गरिएकोप्रति आपत्ती जनाए भुसालले — OSNepal

पार्टी एकताको प्रयासलार्ई आत्मसमर्पणको रुपमा व्याख्या गरिएकोप्रति आपत्ती जनाए भुसालले

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी एकताको लागि प्रयास गर्दा आफ्ना विरुद्ध फेरि अनर्गल प्रचार भएको बताएका छन् । नेता भुसालले आफुहरु पार्टीका एकताको लागि लागि परेको तर यसलाई आत्मसमर्पंणको रुपमा व्याख्या गरिएको प्रति आपत्ती जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन् , ‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । राजनितिलाई विकृति बनाउन पञ्चायती कालमा संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको स्मरण गर्दै नेता भुसालले भने, ‘आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन’ ?

नेता भुसालले भनेका छन् , “फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ?अनि परिणाम पनि त्यस्तै हुने त होइन ?धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर