सुशांत सिंह राजपुतकी ग्रलफ्रेण्ड रिया चक्रवर्ती मोस्ट डिजायरेबल महिलाको सुचीको टपमा, दीपिका पादुकोण, दिशा पटानी, कैट्रीना कैफ परे पछाडि — OSNepal

सुशांत सिंह राजपुतकी ग्रलफ्रेण्ड रिया चक्रवर्ती मोस्ट डिजायरेबल महिलाको सुचीको टपमा, दीपिका पादुकोण, दिशा पटानी, कैट्रीना कैफ परे पछाडि

LC (KTM) June 07, 2021 0

बलिउड नायक सुशांत सिंह रजपुतको निधन पछि अभिनेत्री रिया चक्रवर्ती खराब चरित्रमा देखिन पुगिन् । उनी सबैको नजरमा गिरेकी थिईन् । तर उनका फ्यानहरुका लागि खुशीको खबर आएको छ । उनी द टाइम्स ५० मोस्ट डिजायरेबल महिलाको सुचीको टपमा परेकी छिन् ।

यो लिस्टमा सबै क्षेत्रका महिलाहरु लाई समाबेश गरिएको छ । यसमा त्यस्ता महिलाहरु लाई राखिएको छ जो एक बर्षमा सबैभन्दा बढी छाप छोड्ने र ब्यक्तिको मनमा बस्न सफलहरु राखिएको छ । खराब समयबाट गुज्रिएकी रियाले बलिउडका सुरा सुन्दरी दीपिका पादुकोण, दिशा पटानी, कैट्रीना कैफ जस्ता लाई पछारेकी छिन् ।

रिया पछि मिस युनिभर्स २०२० की तेस्रो रनरअप एडलिन कैस्टेलिनो दोस्रो स्थानमा, दिशा पटानी तेस्रो, कियारा अणबाणी चौथो, दीपिका पादुकोण पाँचौ, कैट्रीना कैफ छैठौ, जैकलिन फर्नाण्डेज सातौ, अनुप्रिया गोयंका आठौ, रुही सिंह नवौ र आभृति चौधरी दशौ नम्बरमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर