काठमाडौं २ चैत । नेपाली कांग्रेसका नेता मिलेन्द्र रिजालले आसन्न निर्वाचनमा केन्द्रिय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठ्यारो रहेको बताएका छन् ।
कांग्रेसलाई केन्द्रिय तहमै दुई कारणले गठवन्धन गर्न गाह्रो भएको भन्दै नेता रिजालले सामाजिक सञ्जाल मार्फत बताएका हुन् ।
सधैँ रूखमा दिनेले अरू तिर र पहिले कहिले नदिएकाले पहिलो पटक अहिले रूखमा मत नदिने बताएका उनले महानगर बाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि, केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न काङ्ग्रेसलाई अप्ठ्यारो भएको बताएका छन् ।
‘सधैँ रूखमा दिनेले अरू तिर र पहिले कहिले नदिएकाले पहिलो पटक अहिले रूखमा मत नदिने, उनले अघि भनेका छन् , ‘महानगर बाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि, केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न काङ्ग्रेसलाई अप्ठ्यारो छ।’