ओलीले अघि सारेका पार्टी एकताको लागि ६ बुँदे प्रस्ताव नेपाल समुहबाट अस्विकार — OSNepal

ओलीले अघि सारेका पार्टी एकताको लागि ६ बुँदे प्रस्ताव नेपाल समुहबाट अस्विकार

LC (KTM) June 07, 2021 0

काठमाडौं २४ जेठ । नेकपा ९एमाले० का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पार्टी एकताको लागि भन्दै हिजो साँझ सार्वजनिक गरेको ६ बुँदे प्रस्तावलाई माधव नेपाल समुहले अस्विकार गरेको छ । नेपाल समुहको आज भर्चुअल माध्यमबाट भएको केन्द्रिय सदस्यहरुको बैठकले ओलीको यो प्रस्ताव अलमलाउने मात्र भएको भन्दै अस्विकार गरेको हो ।

अदालतमा परेको हस्ताक्ष फिर्ता गर्नुपर्ने शर्त स्विकार्य नभएको भन्दै नेपाल समुहले संसद विघटनको रिट अदालतमा विचारधिन रहेको अवस्थामा हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेको छ । नेपाल समुहको बैठकमा पनि सबैले ओलीको एकता भन्दा पनि आफुहरुलाई झुक्याउने मानसिकता रहेको बताएका छन् । ओली विरुद्ध निरन्तर लागि परेका नेता भीम रावलले आफुहरु आफ्नो निणर्यमा अडिग भएकाले ओलीको शर्त नमान्ने बताएक छन् ।

हस्ताक्षर संसद् विघटनसँग सम्बन्धित भएकाले यसको पुष्टि नहुँदा सम्म कसरी फिर्ता हुन्छ भन्दै यो बुँदानै गलत भएको नेपाल समुहको निष्कर्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर