क्रिकेटर एबि दिभिलिर्यस र बिराट कोहलीका पत्नीबीच राम्रो दोस्ती , अनुष्का एकदमै प्यारी लाग्ने डेनिएलको प्रतिक्रिया — OSNepal

क्रिकेटर एबि दिभिलिर्यस र बिराट कोहलीका पत्नीबीच राम्रो दोस्ती , अनुष्का एकदमै प्यारी लाग्ने डेनिएलको प्रतिक्रिया

LC (KTM) June 07, 2021 0

भारतीय क्रिकेटर बिराट कोहली तथा उनको टिम यतिबेला इंग्ल्याण्डमा वल्र्ड टेस्ट च्याम्पियनसिप २०२१ का लागि पुगेको छ । क्रिकेटर्सका साथ उनीहरुका पत्नी बाल बच्चा समेत इंग्ल्याण्डमै रहेका छन् । यसबिचमा क्रिकेटर्सका परिवार एक आपसमा घुलमिल समेत भएका छन् ।

उनीहरु एक अर्काबीच राम्रो समय बिताईरहेका छन् । यसैक्रममा बिराटकी पत्नी तथा बलिउड नायिका अनुष्का शर्मा तथा साउथ अफ्रिकन क्रिकेटर एबि दिबिलियर्सकी पत्नी डेनिएल दिबिलियर्स एकदमै नजिकका साथी बनेका छन् ।

उनीहरु बीचको मित्रता अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । डेनिएलले आस्क मि एनिथिङ सेशनमा अनुष्का संगको फोटो सार्वजनिक गरेकी छिन् ।

अनुष्का संग ह्यांग आउट गर्नुहुन्छ भन्ने फ्यानको जिज्ञासामा उनले अनुष्का धेरै प्यारी रहेको बताउँदै उनले. आफुहरु एउटै देशमा नभएपनि संगै हुन पाउनु आफ्ना लागि खुशी लाग्ने बताएकी छिन् । यो तस्बिरमा डेनिएल आफ्नो बच्चाको र अनुष्का पनि आफ्नी छोरीसंग रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर