१४ वच्चाका अविभावक हुन् इकु, आश्रममा जाँदा जसलाई पनि सहयोग गर्न मन लाग्नेछ — OSNepal

१४ वच्चाका अविभावक हुन् इकु, आश्रममा जाँदा जसलाई पनि सहयोग गर्न मन लाग्नेछ

LC (KTM) June 07, 2021 0

आफ्नो लागि जिन्दगी त जो पनि बांच्छ, अरुको लागि बांच्न सके मात्रै जिन्दगी सार्थक हुन्छ । हास्य कलाकार सुलेमान शंकर इकु पनि यहि सोच्छन् अनि उनले जिन्दगी त्यसैगरी चलाएका छन् । मुलपानीमा रहेको इकुको यो सुन्दर घर, अनि घरको नाम, स्नेह आश्रम । स्नेह आश्रम, जहां दर्जनौं नानी बाबुहरुको भविष्य फुल्दैछ । दर्शकबृन्द, घर परिवार बिहिन, आमा बुवा बिहिन र बिभिन्न समस्याले परिवारबाट टाढा रहेका बाल बालिकाहरुलाई इकुले बुवाको भुमिका निभाउंदै यो पुण्य काम गर्दै आएको ६ बर्ष बितिसक्यो ।

इकुको यो कामलाई हाम्रो पनि सम्मान । कलाकारिताबाट आएको पैसाले हालसम्म यि नानी बाबुहरुको रेख देख गरिरहेका छन् । बासस्थान, खाना, कपडा, शिक्षाका लागि इकु एक्लैले यो काम गर्न गाह्रो पनि भैरहेको उनले बताए । यदि सबै नेपालीको साथ र सहयोग भैदिए । नानी बाबुहरुले मिठो खान पाउंथे अनि राम्रो स्कुलमा पढ्न पाउंथे । इकु सबै मांझ सहयोगका लागि अनुरोध गर्दछन् । लकडाउनको यो समयमा शिशिर इकुको आश्रममा सहयोग लिएर पुग्दा इकुले आफ्नो समस्याहरु बताए । १४ जना नानीहरुलाई पाल्नलाई इकुलाई गाह्रो छ । आफुले बिभिन्न कार्यक्रमहरुबाट कमाएको पैसाले नपुगेर इकुले ऋण लिएका छन् । इकु भन्छन्, नानी बाबुहरुको लागि घर बनाउन नसक्ने भएँ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर