काठमाडौं १ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवाददी पार्टी नाम मात्रको कम्युनिष्ट भएको बताएका छन् ।
काठमाडौं मंगलबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले जुन फाटोवादी छ उसको नाम एकीकृत, प्रतिक्रियावादीको पुच्छर समाजवादी भएको भन्दै आलोचना गरेका हुन् ।
‘नामका कम्युनिस्ट हुन, कामका कम्युनिस्ट होइनन् । कसैको नाम धनबहादुर भयो भने धनी भइन्छ त । ‘ ओलीले भनेका छन् ।
कम्युनिष्ट पार्टी फोडेर नेपालले दक्षीणपन्थी सरकार बनाएको भन्दै दुई तिहाइको कम्युनिस्टलाई हटाएको पार्टी कम्युनिस्ट हुन्छ भन्दै नेपालको पार्टीमाथि प्रश्न गरेका छन् ।
‘ प्रतिक्रियावादीलाई भोट हाल्न पछिल्लो ढोकाबाट जाने, यस्तालाई कम्युनिस्ट भन्न मिल्छ ?’
उनले भने ।