काठमाडौं १ चैत । नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको क्रिप्टोकरेन्सी कारोबार बन्द गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई निर्णय कार्यान्वयन गर्न भन्दै परिपत्र गरेको छ ।
यस अघि नै नेपाल राष्ट्र बैंकले नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको भन्दै सबैलाई सचेत हुन समेत आग्रह गरेको छ ।
परिपत्रमा भनिएको छ, ‘अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट,एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राख्ने व्यवस्था गरिएको छ । ‘