काठमाडौं १ चैत । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज मंगलबार भेटवार्ता भएको छ ।
भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले दिएको जानकारी अनुसार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भउको बताइएको छ ।
भेटमा दुई देश बिचको पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्तारक्षर समेत भएको छ ।