प्रचण्ड नेपाललाई ओलीको झटारो : दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन सक्दैनन् — OSNepal

प्रचण्ड नेपाललाई ओलीको झटारो : दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन सक्दैनन्

LC (KTM) March 15, 2022 0

काठमाडौं १ चैत । नेकपा एमालेका अध्यक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिट जित्ने दावी गरेका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

नाम मात्रै कम्युनिष्ट राख्दैमा कम्युनिस्ट नहुने दावी गरेका ओलीले जनता झुक्याउन /अल्मल्याउन मात्रै बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने ?’ भन्दै प्रश्न गरेका छन् ।

दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन नसक्ने भन्दै ओलीले प्रचण्ड र माधव नेपालमाथि टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर