आफ्नै पार्टीका अध्यक्षहरुसँग मतभेद भएपछि थापाले भने, 'दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला'? — OSNepal

आफ्नै पार्टीका अध्यक्षहरुसँग मतभेद भएपछि थापाले भने, ‘दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला’?

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले विगतका त्रुटि र कमजोरी सच्याएर नीति र विचरकेन्द्रित राजनीति वर्तमान समयमा राप्रपाको मुख्य प्रथमिकता र ध्येय रहेको बताएका छन् । तिन अध्यक्षबाट सञ्चालित राप्रपा पार्टीमा प्रधानमन्त्री केपी ओली सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी चुनावको घोषण गरेपछि यो पार्टीमा पनि मतभेद भएको छ अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणामा मतभेद भएको हो ।

ताजा जनादेशमा जानुपर्छ भन्दै आएका कमल थापा ओलीसँग सहकार्य गर्न सहमत भएका छन् । तर ओलीले गरेको कार्य प्रति अध्यक्षद्वय डा। लोहनी र राणा भने विरोध गर्दै आएका छन् ।
यहि विषयलाई लिएर अध्यक्ष थापाले आफु दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडा भएको संकेत गरेका छन् । राप्रपा सत्ताकेन्द्रित फोहरी खेलमा नरहेको बताएका थापाले समाजिक सञ्जाल मार्फत भनेका छन् । दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन भन्ने थाहा थियो ।

यो सत्य नबुझेको होईन,तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो। गतिहिन नै होला भन्ने साचिएन । दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला रु च्यापिएर थलापर्न बेर छैन ।राप्रपालाई वैकल्पिक शक्ति बनाउन हाल कायम निस्क्रियताको महारोगबाट मुक्त हुनु अब अनिवार्य रहेको पनि नेता थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर