‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने — OSNepal

‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

LC (KTM) June 07, 2021 0

काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक दीप श्रेष्ठको अवस्था सामान्य भएको छ ।श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको बताइएको छ । स्वास्थ्य समस्या देखिएपछि हाम्स अस्पताल भर्ना भएका श्रेष्ठको कोभिड–१९ परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको अबस्था समान्य भएकाले डिस्चार्ज गर्ने तयारी भइरहेको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक गायक प्रमोद खरेलले बताए । खरेल र श्रेष्ठ एउटै रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच हुन् । श्रेष्ठ १० दिन अघि अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर