विवेकशील साझाले पाण्डे निकट सांसद रमेश पौड्याललगायत २६ जना केन्द्रीय सदस्यहरुलाई हटायो — OSNepal

विवेकशील साझाले पाण्डे निकट सांसद रमेश पौड्याललगायत २६ जना केन्द्रीय सदस्यहरुलाई हटायो

LC (KTM) March 15, 2022 0

काठमाडौं १ चैत । विवेकशील साझा पार्टीले २६ केन्द्रीय सदस्यहरुलाई हटाएको छ। रवीन्द्र मिश्र नेतृत्वको विवेकशीले प्रदेश सांसद रमेश पौड्याललगायत २६ जना केन्द्रीय सदस्यहरुलाई हटाएको हो ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेता मिलन पाण्डे निकट सबै नेताहरुलाई हटाउने निणर्य गरेको हो ।

बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई हटाउने निर्णय गरेको हो ।

साथै ,नेता रमेश पौड्याल, रविना अम्गाईं, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि हटाएको छ ।

समानान्तर गतिविधिमा संलग्न भएको र पार्टीलाई दस्तुर नबुझाएको भन्दै यी २६ जना केन्द्रिय सदस्यलाई हटाएको हो ।

उनीहरुमाथि पार्टीले पदीय जिम्मेवारी बहन नगरेको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर