काठमाडौं १ चैत । नेपालको औपचारिक भ्रमणमा आएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा। नारायण खड्काबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।
आज बिहान मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा दुई मन्त्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । विदेशमन्त्री अल साउद आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
सोमबार साँझ विशेष विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका अल साउद र र परराष्ट्रमन्त्री खड्काबीच नेपाल साउदी अरबिया सम्बन्ध, साउदीमा कार्यरत नेपाली कामदारको समस्या विषयमा छलफल भइरहेको बताइएको छ ।
साथै, दुई नेपालीलाई साउदीले सुनाएको मृत्युदण्डको सम्बन्धमा आममाफि दिने विषयमा समेत छलफल भइरहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले विदेशमन्त्री अल साउद भ्रमणमा सहभागी सदस्यहरु र भ्रमणमा प्रयोग हुने विशेष विमानका चालक दलका सदस्यलाई ‘ग्राटिस भिसा’ ९निशुल्क० उपलब्ध गराएको हो ।