केन्द्रीय कमिटीको एजेण्डा तयार गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको छ ।मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो ।
आगामी साता बस्ने केन्द्रिय कमिटिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल समेत हुने भएको छ । आजको सचिवालय बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक लगायतका विषयमा छलफल हुने भएको छ ।
साथै, स्थाीय तह निर्वाचनको विषयमा समेत सचिवालय बैठकमा छलफल हुने भएको छ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार एमालेको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रित गराउने काममा लागि पोलिटब्यूरो बैठक पनि लगत्तै बस्ने भएको छ ।