माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएकाले त्यसमा नजरअन्दाज नगर्न माओवादीले दियो चेतावनी — OSNepal

माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएकाले त्यसमा नजरअन्दाज नगर्न माओवादीले दियो चेतावनी

LC (KTM) March 15, 2022 0

काठमाडौं १ चैत । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले पार्टी भित्र एमसीसीको कुनै समस्या नभएको बताएका छन् । एमसीसी माओवादीको आलोचनात्मक समर्थन रहेको बताएका उनले यस विषयमा पार्टीभित्र कुनै विवाद नभएको जिकिर गरेका हुन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा नेता शर्माले यस्तो बताएका हुन् । माओवादी केन्द्र कसैको बुई चढेर राजनीतिमा नआएको दावी गर्दै नेता शर्माले बरु माओवादीको बुई चढेर अरु आकाशमा पुगेका बताएका छन् ।

आफ्नो पार्टी गठवन्धन ल्याउन चाहेको नभई प्रधानमन्त्री शेरबहादुर देउवाले नै संघीय चुनावसम्म गठबन्धन रहन्छ भनेको बताएका छन् । आफ्नै बलबुतामा चुनाव लड्ने तागत पार्टीसँग रहेको दाबी गरेका छन् ।

‘हामीले गठबन्धन चाहिन्छ भनेका होइनौं, बरु प्रधानमन्त्री शेरबहादुर देउवाले नै संघीय चुनावसम्म गठबन्धन रहन्छ भन्नुभएको छ । कांग्रेसभित्रका केही साथीहरुले मतभिन्नता राख्न गठबन्धन नगर्ने भन्नुभएको होला । एउटा हातले ताली त बज्दैन नि ।’ शर्माले भने ।

माओवादीका कारण देशमा धेरै ठूलो परिवर्तन आएको आएकाले त्यसमा नजरअन्दाज नगर्न चेतावनी समेत दिएका छन् । नेपालको संविधानले नै सहमति र सहकार्यको संस्कृति अघि बढाउन जोड दिएको भन्दै उनले अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत सिद्ध गर्न नसक्ने बातएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर