नवनियुक्त मन्त्री तामाङले भने, कोरोनाविरुद्ध लड्नु मेरो पहिलो लडाइँ हो — OSNepal

नवनियुक्त मन्त्री तामाङले भने, कोरोनाविरुद्ध लड्नु मेरो पहिलो लडाइँ हो

LC (KTM) June 07, 2021 0

काठमाडौ २४ नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्ध लडाइँ लड्नु भएको बताएका छन् । मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै आज तामाङले कोराना विरुद्धको खोपको व्यवस्थापन गर्नु आफ्नो पहिलो लडाई भएको बताएका हुन् ।

‘आमनागरिकलाई खोपको सुनिश्चितता गर्न बजेट छुट्याएरै खोपको व्यवस्थापनको तयारीमा लागेका छौं,’ पत्रकार सम्मेलनमा तामाङले भने । आफ्नो प्राथमिकता रहेको जनाएका छन् । सम्मेलनमा मार्फत मन्त्री तामाङले खोपको व्यवस्था नहुँदा सम्म आमनागरिकलाई सुरक्षित भएर बस्न आग्रह समेत गरेका छन् ।

उनले भने, ‘खोप प्राप्त नहुँदासम्म सुरक्षित बसिदिनुहोला, सुरक्षाका मापदण्ड अपनाइदिन आग्रह गर्दछु । हामी खोपको व्यवस्था मिलाउँदैछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर