काठमाडौं ३० फागुन । नेकपा (क्रान्तिकारी माओवादी) मोहन वैद्य नेतृत्वले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने भएको छ । क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले यस्तो निणर्य गरेको हो ।
स्थानीय तहको निर्वाचन बहिष्कारका लागि दुई महिने अभियान चलाउने निणर्य समेत बैठकले गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ले दिएको जानकारी अनुसार आगामी निर्वाचन स्वच्छ र निश्पक्ष हुने कुनै सम्भावना नदेखिएकोले निर्वाचन बहिष्कार गर्ने बताएका हुन् ।
केन्द्रीय समिति बैठकमा महासचिव वैद्यले प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरूद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको भन्दै प्रस्ताव पेश गरेका छन् ।
र्तमान राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको वैद्य माओवादीले निश्कर्ष निकालेको छ ।